अधिकार

पीपी कोइराला
स्रोत -डगल्याण्ड लघुकथा संग्रहबाट

“बगायो! बगायो”
“ए भाग ! भाग!”
“ गुहार! गुहार!”
हिंजो राती एक्कासी सबै बासिन्दाहरु यसरी चिच्याउन थाले। खोलामा बाढी आएको रहेछ।
तीस बर्ष पहिले त्यस ठाउँका टाठाबाठाहरु मिलेर नदीको किनारमा तार जाली बिछ्याएर घरहरू बनाएका थिए। उनीहरुले केहि बर्षपछि त्यस नदीलाई मिच्दैमिच्दै ठुलठुला बाटाहरु पनि बनाएका थिए । त्यो खोलो चेप्टिएर सानो कुलो जस्तो भएको थियो।
रैथानेमध्ये एक बुढाले हिंजो सपनामा त्यस कुलोलाई एउटी परीको रुपमा देखेका रहेछन्। सपनामा ती परीले ती बुढालाई सावधान गराउँदै भनेकी थिइन्, “बा ! मेरो बग्ने अधिकार चाहिँ नखोसियोस् है !”