सुरेशकुमार पाण्डे
दाङ घोराही
हाम्रो समाजमा बाल बालिकाहरूलाई शिक्षित् पार्नु पहिलो पार्थमिक्ता हुनुपर्छ ! -बिनाररामले चिन्ता व्याक्त गर्दै भने।’ “हुनलाई हो सर! तर अभिभावकलाई त्यो भन्दापनि पहिल्यै सचेत गर्नुपर्द छ। अहिले निजी विद्यालयमा चर्को खर्च गरेर अभिभावकले बच्चाहरू पठाउँछन्। तर सरकारी स्कुलमा पठाउँन मान्दैनन् । यसको कारण पत्ता लगाउँनै पर्छ। मास्टर लालुले भने।’ अभिभावकहरूलाई पनि बोलाएको आजको मिटिङ्गमा तर खासै उपस्थिति हुनसकिन!-लालुले थपे।’
गोबिन्द बहादुर स्कुलको मिटिङ्गमा नमस्ते गर्दै हाजिर भए। उनी गाउँका एकजना बृद्धा चिन्तक थिए। ए केटा त्यहाँबाट कुर्सी लिएर आ छिट्टै!-बिनारामले एकजना विद्यार्थीलाई अह्राए!’ विद्यार्थीले नबोली नबोली कुर्सी टकार्यो। सुन त तिमीले सबैलाई पानी पिलाउ है ! ए लक्ष्मण जाउ दूधलिएर चार पाँच कप चिया बसाल !-विनारामले विद्यार्थीलाई हकार्दै भने।’ ती दुबै बालखका अभिभाबकहरू ट्वाल्लपरेर हेरिरहेकाथिए। किन अभिभावकले बालबालिका स्कुलमा पठाउँदैनन् भन्नेकुराको खोजीगर्न कतै जानुपर्दैन मास्टरजी आफ्नै व्यवहारको मूल्यांकन गरे प्रष्ट हुन्छ । शिक्षित अभिभावक र बालबालिकालाई भन्दापनि पहिल्यै हामीले आ आफ्नो व्यवहारमा सुधार गरौँ !’ गोबिन्दले सभामा यही कुराभन्दै बिटमारे।’ बच्चाहरूले टररर ताली पिटे।