अल्पज्ञान


प्रेम पुन मगर
ढोरपाटन ४ बागलुङ हाल पोखरा

रमेशकुमार र उनका छोरा बिमल ठुली दिदी भेटेर फर्किदै थिए। छोरा बिमललाई खिन्न देखेर उनले सोधे-” के भो बाबु उदास देखिरहेका छौ त ?”
फुपूको हामीप्रति हेप्ने बानी मलाई पटक्कै मन परेन। तपाईँले चुपको इसारा गर्नु भयो र पो नत्र म जवाफ दिन्थेँ नि …. ।” बिमलले भन्यो।
” कसरी हेपिन् र ? ” उनलेे अन्जान जस्तै बनेर सोधे।
” मेरी छोरीले दुईवटा काम गर्छिन् । धेरै रकम पठाइन्। तेरी छोरीले किन एउटामात्र गर्छे ? विदेश गएपछि त जस्तो काम पनि गर्नुपर्छ। उनको भनाइ थियो।” बिमलले भन्यो।
“ठिकै त भनिन् काम त जस्तो पनि गर्नुपर्छ।” रमेशकुमारले छोटो कुरा राखे।
“जस्तोसुकै काम भन्दा त गलत अर्थ लाग्छ नि बुवा। अझ उहाँले त सँगसँगै क्यानाडा गएको पनि थाहा नपाएर तेरी छोरी त सानो देशमा गएकी भन्न सम्म भ्यइन्।” बिमल झन उग्र बन्यो।
“छोड्दे बाबु जसको दिमागले जे देख्छ त्यही बोल्छ। बिचरी दिदीलाई उताको बारेमा केही थाहा छैन । उता सबैको परिस्थिति एउटै हुँदैन। जसले जे भनिदियो त्यही पत्याउने हुन्।”
उनले छोरालाई सम्झाउँदै भनेपछि केहीबेर रोकिएर थपे।
“त्यसैले त भनेका होलान् अल्पज्ञानी भन्दा त बरु अज्ञानी हुनु फाइदा।”