आँशु

162

तुलसी पण्डित

“बाबा म स्कुल जान्न हैं ? “किन स्कुल न जाने ?” “भोको पेटमा कसरी पढौँ म ।” यो शब्द मरीचेका लागि बज्र समान भयो । उसले आफ्नो विगत सम्झियो । बाबा आमाको एउटै छोरो । असिम माया पाएको थियो उसले । बाबुआमाले छोरोको लागि कुनै कुराको अभाव हुन दिएनन् । राम्रै स्कूलमा भर्ना गरिदिएका थिए बाबुआमाले । छोरोलाई ठूलै मान्छे बनाउने योजना थियो उनीहरुको । मरिचेलेे सम्झदैँ गयो । तर आँफूले बाबुआमाको चाहना विपरित आबारा केटाहरुको साथमा लागेर पढ्न छोडेको । बाबुआमाले सम्झाउँदा खेरी उनीहरु माथि नै बज्रमुक्का प्रहार गरेको सम्झ्यो । आफ्नो खराव बानीब्यवहारले बाबुआमा थर्कमान थिए । उनीहरुले जग्गा बेची बेची आफ्नो चाहना पूरा गरे । आउने बाटो छैन ।भएको बेच्न थाले पछि सम्पत्ति सकिन कति बेर लाग्थ्यो र ? बाबुआमा रोगाउँदै गए । काम गर्न न सक्ने भए । पैसा साथमा छैन । भएको सम्पत्ति सबै सकियो । पैसा न भए पछि साथीहरुले पनि छोड्दै गए । बाबुआमाको गह भरी आँशु देखेर अहिले पछुतो लागेको छ । मैले उनीहरुलाई उपचार त के पेट भरी खुवाउन पनि सकिन । आखिर खान न पाएर उनीहरुको निधन भयो ।

अहिले ब्यावहार सबै आफ्नै थाप्लामा पर्यो । घरमा केही छैन । काम पाए केटाकेटीहरुले खान पाए। नपाए खान पाएनन् । आज चारपाँच दिन भयो काम न पाएको । उसले तुरुक्क आँशु खसाल्यो । छोराले बाबाको आँखा भरी आँशु देखेर भन्यो । “बाबा न रुनु ,म भोकै भए पनि स्कुल जान्छु । पढेर ठूलो मान्छे बन्छु । अनि तपाईको आँशु कहिले पनि झर्न दिन्न ।”