‘आँसु पुछी उठाैँ”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बर्खायाम बित्नै लाग्दा फर्की फर्की आयाे
चाडपर्व मान्ने बेला ज्यान धेरै खायाे।

देशैभर अविरल वर्षा हुँदाखेरि
साताेपुत्लाे गयाे मेराे भएँ हेर्या हेरी।

पहाडमा पैह्राे झर्याे गाउँ पुरिदियाे
तराईमा डुबानले क्षति गरिदियाे।

सडकमा उर्लिएर खेलानाला बगे
हेर्दा हेर्दै गर्ल्याम् गुर्लुम् कति घर ढले।

यात्रा गर्दा बाटाबाटै कति ज्यान गयाे
कति जन बगाएर कता लयाे लयाे।

थातबास भुटिदियाे गाँस लुटिदियाे
लालाबाला अनाथकाे काख खाेसिदियाे ।

जताततै रूवाबासी चल्याे हाहाकार
पापी काल जीवन याे पार्याे अन्धकार।

हामी पढ्ने कक्षाकाेठा भए पानी पानी
झरी लाग्याे अति सारै गर्याे मनाेमानी।

भत्किएका स्कुल हेर्दा मन रून्छ मेराे
कुरूप भाे धरती नै सारा सेरेफेराे।

साथीभाइ सानासाना भविश्यका तारा
चुँडाएर लगिस् दैव के हाे तेराे पारा?

सहनुकाे अर्काे बाटाे छैन हामीसित
सिर्जनाकाे फूल राेपी गाऊँ नयाँ गीत।

हातेमालो गरी अब आँसु पुछी उठाैँ
मानवकाे हित गर्न आपसमा जुटाैँ।