तिलक तारामी “रेशाली”
बुटवल-११, रुपन्देही
“आहा ! कति धेरै लाइक र कमेन्टहरु !” जितुले मक्ख पर्दै आफ्नो मोबाइल हेर्दै थियो।
“हैन, के को लाइक र कमेन्टहरु ? ” बलुले जिज्ञासा राख्यो।
“मेरो आमाको फोटोमा क्या ! ” जितुले उत्तर दियो।
“तेरो आमा त वृध्दाश्रममा हुनुहुन्न र ? कहिले ल्याइस् घर ? ” बलुले प्रश्न गर्
“आज बिहान, म आफै लड्डु खुवाउन गएको थिएँ नि ! ” जितुले सहज उत्तर दियो।
मातातीर्थ औंसीको दिन, सामाजिक संजालहरू आमाहरूका फोटाले रंगिएका थिए। त्यो देखेर जितु पनि लड्डु किनेर वृध्दाश्रम गएको थियो। आमालाई लड्डु खुवाउँदै सेल्फी खिचेर पोस्ट गरेको थियो।
“खै तैंले त आमाको मुहार पनि हेरिनस् कि क्या हो ?” जितुले बलुलाई होच्याउन खोज्यो।
“म त आमाकै घरमा बस्छु। उहाँ त मेरो साक्षात भगवान् हुनुहुन्छ। आफ्नो आमाको मुहार त सधैंभरि हेर्छु नि ! तैंले के भन्न खोजेको हँ ?” बलुले प्रतिवाद गर् “खै त, फेसबुकमा तेरो आमाको फोटो कतै देखिन नि ? त्यसैले ….. ।” जितु बोल्यो।