“आमा”

154

श्री इन्दिरा खड्का छेत्री
ओदालगुडी, आसाम

आमा कति राम्री तिमी,
कसले बनायो तिमिलाई ?
धेरै फुर्सदको समय लिएर
ईश्वरले बनाए छन तिमीलाई ।
तिम्रो त्यो हँसिलो मुहारको
सझनाले राख्छ सदै मलाई।
यो नगर, त्यो नखा, त्यता नजा,
रोक टोक गर्थेउ मलाई।
सुन्न नसक्ने म अर्ती र उपदेश ,
रिसाएर मुख फुलाउदै पइताला बजार्दै,
सुनेको नसुने झैं गर्थे तिम्रो आदेश,
पीड़ाले भन्ने गर्थेउ कहिले काही।
आमा-बाउको मन छोरा-छोरी माथि ,
छोरा-छोरी को मन ढुङ्गा-मुड़ा माथि।
हाम्रो मन ढुङ्गा-मुड़ा माथि अरे ,
भन्दै भुतभुताउदै फर्काउँथे मुख
रिसाइ भनेर छेउमा आएर मायाले
सम्झाउँदै मलाई भन्थेउ हेर नानी
तिमी पनि बन्छेउ एकदिन आमा ,
तेसबेला सम्झिने छौ तिमीले
कस्तो हुन्छ छोरा छोरीको माया,
साँच्चै नै अहिले झल्झली सम्झिन्छु आमा
उसबेला नबुझेको त्यो तिम्रो अपार माया आमा
त्यो तिम्रो अपार माया।।