“आमा”

स्मृति भुजेल
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ ,काठमाडौँ

पूर्णिमाको जून जस्तो तिम्रो रुपरङ्ग
तिम्रो निकट बस्दाखेरि सधैँ पर्छु दङ्ग
पाएकी छु असीम माया टेकेदेखि धर्तीमा
जीवन मेरो फुलेको छ आमा  तिम्रा अर्तीमा
आफ्नो लागि नसोचेर  दिएकी छौ साथ
तिमीप्रति गर्व गर्दै उच्च हुन्छ मेरो माथ
संघर्षका मैदानमा कहिल्यै हार्न जानिनौ
मातृवात्सल्यलाई तिमीले कमजोर मानिनौ ।

मेरो लागि तिमी नै हौ जीवनको अर्थ खास
तिमी नै हो नवकिरण ,तिमी नै हौ आश।