रञ्जुश्री पराजुली
आमा मेरी आमा
गर्छिन् घर भित्र
सबै थोक काम
जता ततै आमा
बाबा सहित हामी
सधैँ खोजछौँ आमा
भोग लागे निन्द्रा लागे
म खोज्छु आमा
किताब कापि बटुलेर
राखिदिने आमा
तलबाट बाबा भन्छन्
ढिलो हुन्छ मलाई
खाना खांन दादा दिदी
रिसाउँछन् मीठो खाना
भएन चाउमीन नै चाहिन्छ
मलाई पनि भन्न मनछ
म: म: मीठो लाग्छ
तर देख्छु आमालाई
सधैं काम गर्दै
रिसाउँदिनन् कहिले पनि
भ्याउँ छिन् सबै काम
हामी छौँ तीनजना
बाबा एकजना आमा सहित
हामी छौं पाँचजना
प्यारो कुकुर मायालु
बस्छ ढोका कुर्दै
माया गरि हामी भन्छौँ
उस्लाई कान्छो
हाम्लाई मात्र हैन उनी
गर्छिन् माया उस्लाई
थकाई पनि नलाग्ने
भोक कम लाग्ने
आमा हुन् महान।