तुलसी पण्डित
रुपसी साँच्चै रुपसी थिइन् । उनको रुपमा सबै मोहित हुन्थे । तर उनी पढ्न कमजोर थिइन् । एस्इइको परीक्षा नजिकै आएको थियो। प्रबेश पत्र बाँड्ने काम भयो । रुपसी परीक्षाको अघिल्लो दिन रमेन्द्रलाई भेट्न गइन। ऊ कोठामा पढी रहेको थियो। ऊ कक्षाको प्रथम विद्यार्थी हो। रुपसी आएको देखेर उसले भन्यो । “होइन यो परीक्षामा न पढेर किन आएकी ? भोलि अङ्ग्रेजीको जाँच छ ?” “म तिमी सँग एक सल्लाह गर्न आएकी ।” ” के कुरा हो र रुपसी ?” ” यो कुरा कतै जानु हुदैन । म तिमीलाई मन पर्छु कि नाइ ।” “तिमीलाई मन न पराउने को होला र ?”
“म तिमीसँग विवाह गर्न चाहन्छु । तर एउटा सर्तमा ।” “के सर्त हो र ?” ” तिमीलाई थाहा छ मेरो पढाइ कमजोर छ । तिमीले आफ्नो कापीमा मेरो सिम्बल नंम्बर लेख । म तिम्रो सिम्बल नम्बर लेख्छु ।” ” के तिमी मैले यसो गरे भने म सँग विवाह गर्न राजी हुन्छौँ । ” “हो यसो भयो भने परीक्षापछि हामी घरबाट टाढा भागेर जाने ।”
जाँच सकियो ।
रमेन्द्रले कुरा झल्कायो । “भागौँ हामी अब ? ” “होइन रिजल्ट पछि ।”
केही समयपछि रिजल्ट भयो । रुपसीले प्यल्स ए ल्याएर पास गरिन् । रमेन्द्र फेल भयो । सबै आश्चर्यचकित भए । के आश्चर्य भयो । रमेन्द्र आफू फेल भए पनि खुशी भयो । उसले रुपसीलाई भेटेर भन्यो । ल तिमीलाई
बधाई छ । अब हामी भाग्यौँ । रुपसीले रिसाउदै भनिन् । यस्तो फेल हुने सँग पनि कसैले विवाह गर्छ ।