रोजिना घिमिरे
नानी तिमी सानी छौ,
तर धेरै ज्ञानी छौ।
आफन्त र पराई,
छुट्याउन जानी छौ।
काँइ कोरी गरेर,
सफा सूग्गर भएर।
कापी कलम लिएर,
विद्यालय जाने छौ।
जोनि, जोनि यस पापा,
भन्दै इङ्लिश् पढ्ने छौ।
आफु भन्दा ठूलालाई,
आदर गर्न जान्ने छौ।
मान्यजनहरूले,
जे भनेको मान्ने छौ।
पढी लेखी गरेर,
असल तिमी बन्ने छौ।
भोलि ठूलो भएर,
जून तिमी छुने छौ।
गमलामा फूल फुल्छ,
फूलकोपात हल्लिन्छ।
झलमल तारा झल्किन्छ,
चन्द्रमा मुस्कुराउँछ।
बन्चरोले भन्दछ,
म त घुम्न जाँदै छु।
जङ्गलमा गएर,
तिमीलाई खुशी ल्याउने छु।
घर गोठ बनाउन,
काठ मैले काट्ने छु।
बुवू माम पकाउन,
दाउरा ठिक्क पार्ने छु।
श्रोतः नेपाली बालसाहित्य