भलादमी भोला
उड उड पुतली पखेटा फिँजाइ
नाच नाच पुतली फूलमा रमाइ।
सधैं खुसी पुतली कसलाई देखेर
फूलको डाली हल्लिएन तिमले टेकेर
उड उड पुतली …………. ।
बिहानको घामले कोठा झलमल
बेला बेला कता जान्छौं हुन्छु अलमल।
खेल खेल पुतली मेरो वरिपरि
खाजा खाई पढ्न बस्छु घुम वरिपरि
उड उड पुतली …………….. ।
तिमी बास कता बस्छौं अँध्यारो भय
भेट फेरि हुन्छ हुन्न मन सारै रोयो।
उड उड पुतली पखेटा फिँजाइ
नाच नाच पुतली फूलमा रमाइ ।