शिव पुन
देश मै कि परदेश , इष्ट मित्र आफन्त
घुम्दै आयाे लौ हेर , ऋतु राजा बसन्त।
मेरा पनि मन इच्छा , अब पूरा गरुँ म
म पनि त बसन्तकाे , केही व्याख्या गरुँ म।
पञ्चमीमा पुजा गरौँ , देवी माता सरस्वती
विद्या देवी सरस्वती , दिन्छन् ज्ञान कति।
बाल बच्चा शिशुहरु , अब सिक्ने कखरा
काेहि-काेहि बच्चाहरु , गर्ने कति नखरा।
घुम्दै-घुम्दै सुर्य पनि , भु-मध्यमा आउँने
वर्ष दिन लुक्ने चरी , कुकु गीत गाउँने।
शिवरात्री नवरात्री , हाेली पर्व आउने
भाङखाने हाेली खेल्ने , फागु गीत गाउने।
शिवरात्री मनाउन , पशुपति जाउँला
पशुपति दर्शन गरि , प्रसाद नी खाउँला।
उफ्री-उफ्री नाच्ने अब , डाँफे चरी मुनाल
प्रकृतिको रुपदेख्दा , खुबै हाँसे हिमाल।
चैते हुरी चल्दा खेरि , हावासँगै बालुवा
पतझड पछि आयाे , अब नयाँ पालुवा ।
बसन्तकाे व्याख्या गर्न , अझ धेरै कुरा छ
वन भरि रातै – रातै , फूल फूल्छ गुराँस।