एउटा साथी

हिमा आर.सी

“आज मित्रता दिवस रहेछ पहिले चिठी र फोटो साटासाट गरेर साथी बनाउने चलन थियो । चिठीमा साथीहरूले धेरै माया पोखेका हुन्थे । भावना , साहिरी थुप्रै लेखेका हुन्थे । एक हप्ता भित्र त्यसको जवाफ दिई सक्नु पर्थ्यो । नत्र साथीहरू रिसाउँथे । अहिले त रुप र धन हेरेर मात्रै साथी बनाउने गर्छन् ” दिदीले पहिले कुरालाई सम्झिदै सानीसँग आफ्नो गुनासो पोख्नु भयो ।


” सानीले भनिन् सबै उस्तै हुँदैनन् नि दिदी कसैले त मित्रता कामय राखेका हुन्छन् सबैलाई उहीँ नजरले हेर्न मिल्दैन हामीले आफैंले हो । मित्रतालाई कस्तो बनाउने भन्ने ” दिदीले सानीको कुरामा बिरोध गर्दै भन्नुभयो ।
” होइन सानी नयाँ हुँदासम्म जो कसैले पनि त मित्रता कामय राखेका हुन्छन त्यसपछि बिर्सन्छन्।  तैंले अहिलेको सन्जलको कुरा गरेकी होलिस् मलाई त सन्जालको कुनै भर लाग्दैन ।”
“ल तस्बिर हेरेर भन्नु, के मेरो साथी त्यस्तो घृणा गर्नुपर्ने देखिन्छ? ऊ त कति महान र खुला हृदयको छ, सानीले मोबाईलमा एउटा युवकको तस्बिर देखाउँदै भनिन्।
सानीको मोबाइलको तस्बिर हेरेपछि दिदीले मुसुक्क हाँस्दै आफ्नो म्यासेन्जरको इतिहासको पानाबाट एक पृष्ठ खोलेर सानीलाई दिंदै सोध्नु भयो । ” यसलाई चिन्छ्यौ ?”