एक्लो गुलाफ


अन्जु शर्मा
रातोपुल

“आज भ्यालेन्टाइन डे।यी लिली बजै ,यो युगल पार्कमा आएर के हेर्छिन्?”
“ह्या ! यी अविवाहितका के कुरा गर्नु ? उबेला विहे गर्न नमानेकी भन्थे । अहिले विहे नभएकोमा पश्चताप होला नि!”एक हुल युगलकिशोरले हाँस्दै ब्यङ्ग गरे।
लिली बजै कहिले झलमल्ल घाम र कहिले मुस्कुराएको बगैंचाको फूलमा लिइन थिइन् ।
परबाट लठ्ठी टेक्दै एक वृद्ध आए। उनलेे चारैतिर आँखा लगाए। यस्तो लाग्थ्यो उनी केही खोजी रहेछन्
म नजिकै गएर सोधेँ ” अंकल केही हराएको छ?”
” बाबु ! मेरो दिलमा सजिएको एउटा गुलाफ खोजिरहेछु। बृद्ध निशब्द :आँसु पुछ्न थाले ।
वृद्धका कुरा सुनेर लिली बजै” तिमी सुरज हौ?
वृद्ध : “हो त।”
लिली बजै निर्लज्ज बृद्धलाई अंगाल्दै ” दुनियाँलाई देखाउने जातले हामीलाई छुट्याए पनि तिम्रो गुलाफ तिम्रो दिलबाट छुटिएको छैन सुरज!”डाको छोडेर रून्छिन्।
स्कुल पढ्दापढ्दै बसेको प्रेमले अहिलेसम्म दुबै अविवाहित रहेको,जातीय कारण बिछोडिएको रहस्यमय कुराकानी सुनेर म चकित मात्र भइन।त्यो दिलमा फूल्ने गुलाफ कति अमूल्य हुँदो हो ? आफैंलाई पटकपटक प्रश्न गरें।