“एक मुठ्ठी सास”

121

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बालक म बबुराे छु छैन साथ काेही
बिताउनु पर्याे सधैँ एक्लो मन राेई ।

झरेकाे छ शीत सधैँ तुसाराे नि पर्याे
पुसे जाडाे बढ्यो अति लाै न हाेसै हर्याे ।

पानी छुन डर लाग्छ मुख धुन पनि
नुहाउने कुरै छैन भएँ गनाउनी ।

खाली खुट्टा हिड्ने गर्छु छैन जुत्ता माेजा
भाेटाे दाैरा फाटिसके भए धुजा धुजा ।

शिर ढाक्ने टाेपी छैन कहाँ छ र पञ्जा
खुला कान किन राख्थेँ भए गलबन्दा ।

आगाे ताप्ने खुबी छैन हिटर् कहाँ ताप्नु
झुत्राे भयाे मजेत्राे नि ओढ्ने के नै खाप्नु ।

दिन बित्छ जसाेतसाे कष्ट भयाे राति
ननिदाई बिते मेरा चिसा रात कति ।

आकाश छ छानाे मेराे पहाडकाे गाह्राे
खुला घर ब्रह्माण्ड याे बाँच्न पर्याे साह्रो ।

ओढारमै भए बरू न्यानो हुन्थ्यो कि त
यता पेटी सडकमा निकै पर्याे शीत ।

त्रिपालकाे बास कैले हावा हुन्छ गाँस
कैले हाेला जाने कठै एक मुठ्ठी सास ?