निर्मलाबराल
भक्तपुर सानोठीमी
हेर हेर साथी हो, कमिलाको लर्को
खानेकुरा बोकी लान्छन् ,नमानी झर्को
मिलीजुली हिड्छन, एकबद्ध भएर
पङ्ति मिलाई लस्करै ,बुद्धिमानी भएर
हेर्दा सानो भए नी ,कति असल जुक्ति
बाढीचुढी खान्छन् , कोही छैनन् जिद्दी
अहिले म सानो छु, बुद्धि बुन्छु यस्तै
अलि ठुलो भए पछि, काम गर्छु यस्तै
नबोलिकन सिकाउछ , सानो जीव भएर
घमण्ड सेलाई हिडौं, हामी मानव भएर
एकतामा शक्ति रैछ, बन्छौ कमिला जस्तै
सबैमिली काम गर्छौ , मान्छे भएर हाँस्दै ।।