केशवराज अधिकारी
मध्यनेपाल ७,लमजुङ
कलम र कापीको
झगडा छ तगडा।
म ठूलो कि तँ ठूलो
भन्दै गर्छन् लफडा।
कापी भन्छ म ठूलो
पूजा गर्छन् ढोगेर।
म नभए के मा लेख्छौ?
लौ भन त सोचेर।
म नभए तिम्रा पाना
हुन्थे खाली खाली।
अ आ इ ई क ख ग घ
के मा लेख्थ्यौ जाली ?
कापी बोल्यो आफ्ना पाना
देखाएर फरर।
म छु ठूलो तिमी छेस्को
ठुला कुरा नगर।
ज्यान ठूलो बुद्धि सानो
तिमी जस्तो म छैन।
सानो छु म तर पनि
हार खाने म हैन।
नगर भो झगडा
मेरै झोला भित्र छौ।
कुनै सानो ठूलो छैनौ
दुबै मेरा मित्र हौ।
कलम,कापी दुबैको
मलाई खाँचो उत्तिकै।
लेख्न थालेँ सरासर
म त उठ्ने बित्तिकै।