शम्भु ढकाल
सू न पा १२ आठघरे इलाम
“काग काग !”बिहान बिहानै घरकाे झ्यालमा बसेर भित्र तिर हेर्दै करायाे काग।
रमलाले सिरानीमा राखेकाे माेबाईल हेरिन । मिसकल त आएकाे थिएन।
छाेराे भित्ता पट्टि फर्केर निदाई रहेकाे थियाे । टाउकाे छाेपिदिईन ,सिरक मिलाईन र बिस्तारै उठिन ।
दुई पल्ट काग काग भनेर उडेकाे काग पर दुदिलाकाे रुखमा बसेर उनै तिर फर्केर हेर्दै फेरि करायाे ” काग काग। ”
घर बाहिर सयपत्री ढकमक्क फुलेका थिए। छाेराले माला उन्न थालेकाे थियाे । उनले घर लिपेर हिजाे नै सकेकी थिईन।
फेरि करायाे काग।
“शुभ खबर ल्याउ है काग दाजै ” एक थुङ्गाे सयपत्री टिपेर परैबाट पूजा गरिन।
रेडियाे खाेलिन काग तिहारकाे महत्व सुनाउँदै थियाे । गाेठ छिरीन गाईले तनक्क तन्केर ल्याप ल्यापी चाट्याे ।” गाेबर पनि राम्ररी साेहाेर्न दिदैन के साराे प्याउलिएकाे ?” साेतर मिलाउदै भनिन।
बाछाे छाेडिन गाई दुहिन । आज हिजाेकाे भन्दा अलि धेरै दूध दियाे गाईले।
छाेराे उठी सकेछ । बटुकामा पानी र गिलासमा चिया हालिदिईन । मुख धाेएर आएर खाउ अह्राईन । कुडे बसाईन् दूध तताउन।
छाेराे धाराेतिर गयाे।
“मामु मामु यता हेर्नू त !”जाेडले करायाे छाेराे।
रमला बाहिर निस्केर हेरिन । बाबुकाे काँधमा बसेर कराउदै थियाे रमलाकाे छाेराे।