सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“मलाई त आज धेरै रिस उठेको छ।” -सीतलले घरमा आफ्नो बेग राख्दै भनी।” किन ? कसैले केही भन्यो र ?”- आमा सुमित्राले आश्चार्य हुँदै सोधिन्। “हाम्रो मेडमले होलीको छुट्टीमा पनि कतिका होमव़र्क दिएर पठाउँनुभयो।”- सीतलले आमालाई डाइरी देखाउँदै भनिन्। “छोरी ! मैडमले त तिम्रै फाइदाको लागि दिएकीछन् होमव़र्क। नजिकै इक्जाम छ। यदि तिमीले पढिनौ भने कसरी पास हुन्छौँ। खेल कुद गर्ने दिन त प्रसस्तै छन् नि।”-सुमित्राले सम्झाउँन खोजिन। “यति धेरै होमव़र्क गरेर होली खेल्ने त कुरै आउँदैन। साथीहरू होलीमा पिक्निकमा जाउँला भनेर साथीहरू सँग सल्लाहा भएको थियो।” सीतलले गर्धन् बटार्दै भनी। “छोरी पिक्निक जाने त स्कुलको छुट्टी पछि सल्लाहा मिलाउँनु पर्छ। अहिले त पढाईमा ध्यान दिनुपर्छ।”- आमाले भनिन्। “छुट्टीमा पनि त होमव़र्क दिंन्छन नि। ” सरले भन्नु हुन्थ्यो धेरै पढेर पनि केही फाइदा छैन। देशभित्र काम पाइदैन जाने देश छाडेरनै हो। म पनि बाह्र पास गरेपछि त कुनै मूलुक रोजनै पर्ने छ।”- सीतलले निरास हुँदै भनी। “छोरी तिमीलाई यस्ता कुरा कसले सिकाउँछ ? म तिर हेर त के मैले आफ्नै देशमा काम पाएकी छैन?”- सुमित्राले एक बाल्टी दुध कुँडेमा खनाउँदै सोधिन्।