“कालुको छाता”

कोषवल्लभ रेग्मी
देउमाई नगरपालिका इलाम।

आकाश धुम्मिएर पानी पर्ला जस्तो थियो। आज बजारको दिन । कालूले बजार जानै पर्ने। बजार जाँदा आज उसले छाता लानै बिर्सेछ।
बजार पुगेपछि घनघोर पानी पर्यो। कालू भिजेर मुस्सो भयो। बेलुका कालू बजारको रन्को सँगै लड्दै /भिज्दै घर आईपुग्यो। ऊ एकछिन पिडीमा बसेर घोत्लियो। अनि के के सोच्यो कुन्नि भित्र पसेर घरको सिँगौरामा झुन्डिएको छाता फुत्त झिकेर बाहिर ल्यायो। उसले यौटा बन्चरो समाते पश्चात् छातालाई जाँतामाथि राखेर त्यो बन्चरोको पासापट्टिबाट किच्याउँदै भन्यो -“म दिनभरी भिजिरहने तँ यहाँ झुन्डिएर बसिरहने ? लौ जा——!!!!”-…….!!!!