“किसान परिवार”

Full length shot of a young mother and her little daughter working on the family farm

दुर्गा पौड्याल
रुपन्देही, शंकरनगर

तराईको गाउँमा हाम्रो खेत अनि घर छ
हाम्रो परिवार किसान हो खेतीपाती गर्छ ।
छिमेकीमा मिलिजुली खेती गर्छौँ हामी
धान गहुँ नफलाए हाम्ले के हो खानी ?
दाल अनि तरकारी नि खेत मै फल्ने जात
दाल तरकारी सागपातसँग खान्छौँ हामी भात ।

सबैथोक फलफूल पनि किसानले नै लाउँछन्
फलेपछि किसानले आम्दानी नि गर्छन् ।
ब्यापारीले किसानका खेतमै पुगी लिन्छन्
सहर बस्ने मानिसहरु किनेर त्यही खान्छन् ।
सहरीयालाई पाल्ने पनि किसान नै हो हेर
दालभात धेरै पकाएर फाल्नु हुन्न खेर ।
बाँच्नलाई चाहिने सब्लाई उही अन्न पानी
बाँझो राख्न हुन्न जमिन आवश्यकता जानी ।
बाबालाई सघाउँछौँ काम गर्दा हामी
हाम्लाई पनि खानुपर्छ भन्ने कुरा जानी ।