सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“ए सेतु ! भित्रबाट आगोलिएर आउ त !”- दलानमा बसेकी हरिकलीले आफ्नो सानु पाँच बर्षिय छोरालाई भनी।” आमा चिम्टा कहाँ छ ?”-सेतुले भित्रबाट सोध्यो। सुन त चिम्टा पुग्न सक्दैनस् ला यो बिडीलाई सल्काएर ल्याइदे।” हरिकलिले थपिन। दलानमा बसेर फाटेको डसना सिलाउँदै गरेकी निमाले र हरिकली लुकेर ध्रूमपान गर्थे। ” दिदी सेतुलेपनि के बिडी सल्काउला बरू आफैँ जानुन् हजुर ।”-निमाले आर्को बिडी निकालेर थमाउँदै भनी। “मलाई अगेनामा जानहुनेभए तिमीलाई भन्नै पर्दैनथ्यो। म पर सरेकाले हो क्या।”-हरिकलीले सुस्तरी भनी।” ओहो यो केटाले बिडी सल्काएको अहिले कुनै टुप्लुक्क आइपुग्छ अनि बिडी खान हराउँछ। सेतु बरू छिट्छिटै मुखले तान त बाबु बिस्तारै सल्किन्छ।”- निमाले बाहीरबाट भनी। ” हस् आन्टी।”- सेतुले सल्किएको बिडी मुखले जोड सँग तान्यो। ऊ भुँइमा गर्ल्याम्म लड्यो । “केभयो यसलाई ?”- हरिकली रूनथाली। निमा फटाफट भित्र गई एउटा लोटामा गाग्रोबाट पानी भरी र उसको टाउको भिजाउँन थाली। “आमा !”-एकछिनपछि सेतु बोल्यो र पिर्लिक्क आँखा उघार्यो।