विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ
कुपुकुपु खाऊ सानो बाबु
कुपुकुपु खाऊ मिठो मानि
जाउलीमाम कुपुकुपु खाऊ
तातेताते गर्दै यतायता आऊ
सानो बाबु यतायता आऊ
जाउलीमाम खाइ छिट्टै ठूलो होऊ।
कहिले खाऊ लिटिमाम
कहिले जाउलीमाम
कोखाइकोखाइ भन्छु गर हामहाम
खानुपर्छ बढ्नलाई खान्न नभन
फेरिफेरि ख्वाउछु म हुन्न नभन।
कुपुकुपु खाऊ सानो बाबु
कुपुकुपु खाऊ मिठो मानि
जाउलीमाम कुपुकुपु खाऊ ।