“खाते”

97

टीकाराम जाेशी
टीकापुर

बाटाेमा भिड देखेर म एकछिन त्यहाँ राेकिएकाे थिएँ। जिउमा मैला लुगा लगाएकाे र हातमा सिमेन्टकाे खाली बाेरा बाेक्नेलाइ देखेपछि ‘खाते ‘सम्झिनेहरुमध्ये केहीले डायरीमा नाेट गर्दै त केहीले माेबाइलमा दृष्याङ्कन गर्दै त्यस केटासँग साेधपुछ गरि रहेका थिए। सम्भवतः ऊ तेह्र पुगेकाे थियो हाेला।
वरिपरिकाे निष्ठुर वातावरणसँग लड्ने, विभिन्न तह तप्काका मानिसहरुसँग कुराकानी गर्न सक्ने, जीवनलाई नजिकबाट बुझ्ने अनुभवले ऊ परिपक्व भै सकेकाे भान हुन्थ्यो। ऊ बारम्बार भनिरहेको थियो, “म काम गर्छु। मलाई काम गर्न दिनाेस्। मलाई अघिल्लो पटक पनि यसैगरी जबर्जस्ती लगेर त्यहाँ चारपाँच दिन राखे , पछि छाडिदिए। त्यहाँ मेराे भविष्य बन्दैन। मलाई काम गर्न दिनाेस्।”
त्यस केटासँग तर्क गर्न सक्ने क्षमता उनीहरुकाे कहाँबाट पुग्थ्यो।
पढाई गर्ने भनेर आधा उमेर बिताएर बडाे मुश्किलले काम पाएका उनीहरु भर्खर मात्रै वास्तविक जीवनकाे अनुभव बटुल्दै थिए । असफल उनीहरु अर्काे खातेकाे खाेजीमा हिँडेका थिए।
म पनि त्यहाँबाट हिँडे।
मनमा प्रश्न खेलाउँदै, “खाते काे रहेछ? “