फेसबुक कवि
दाेलखा
बाबासँगै बिहानै, गएँ गाेठ तिर,
फाेएपछि बाछाे, गयाे गाईनिर ।
बाछा बुबु खाँदा, लाग्याे धेरै पीर
गाेठ वरिपरि, चरी चिरविर।
कन्ठीमा समाई, बाछा वर तान्नुभाे,
नजिकै किलामा, दाम्लाले बाँध्नुभाे ।
टुक्रूक्क बसेर, धार्र धुर्र पार्नुभाे,
चारै थुन दाेही ,धेरै दूध झार्नुभाे ।
घर आई बाबाले, कराही दूध हाल्नुभाे,
नरिवल मसला , आमाले ठिक पार्नुभाे।
फतत फतत, पाक्याे चामल खीर,
साउनकाे पन्ध्र, खायाैँ मिली खीर ।