तुलसी पण्डित
स्कूलमा सरले पढाउदै गर्दा भन्नु भयो । अनुशासन विद्यार्थीको गहना हो । जसले यसको पालन गर्छ उसले शिखर चुम्छ । नमितालाई यसबारे जान्न मन लाग्यो तर सरलाई सोध्न हिच्किचाइ । त्यस कुराले उसको मन तुल्बुलायो । सरले के भन्न खोज्नु भएको हो उसले भेउ पाउन सकिन ।
उसको मनमा यी कुरा खेली रहे । छुट्टी भयो । ऊ घर गई । “नानु तिमी आइ पुग्यौं । अब जाँच आइपुग्यो । अनुशासनमा रहेर पढ । यो नै विद्यार्थीको गहना हो ।” बाबाको कुराले ऊ चकित भइ । सरले भनेको कुरा बाबाले पनि भन्नु भयो । यो हाम्रो गहना कसरी भयो ? गहना त आमाले कानमा झुण्डाएको मुन्द्री मारवाडी पो हो । उसले बाबालाई भनी । “बाबा गहना भनेको सुनबाट बनेका बस्तु होइन र । अनुशासन पनि कसरी गहना भयो ?” “लाटी अझ तिमीलाई थाहा छैन । गहनाले मान्छेलाई राम्रो बनाउँछ । त्यस्तै विद्यार्थीलाई पनि अनुशासन रुपी गहनाले राम्रो बनाउछ । जसले अनुशासनको पालन गर्छ उसलाई सबैले मन पराउँछन् । ”
कसरी बाबा ? हेर तिमीले राम्रो सँग पढी पहिला दोस्रो भयौ भने तिमी सबैको प्यारी हुन्थ्यौ । यही तरिकाबाट अगाडि बढ्दै गयौ भने तिमी हरेक कार्यमा सफल हुन्छौ । अनि यो तिम्रो गहना भएन त ?” ” बाबा मैले अब राम्रो सँग बुझे ।” अब म यसको उचित सदुपयोग गर्छु । बाबाले हाँस्दै भन्नु भयो ।”छोरी अनुशासन विद्यार्थीको के हो रे ?” “सफलता चुम्ने गहना हो बाबा ।”