“गुरु”


डा. छायादत्त न्यौपाने

मिठा फल शीतल छाया रुख मेरा गुरु
खाेला झर्ना ढुङ्गा माटाे उत्पादन गुरु
शिक्षा दीक्षा व्यवहारमा झुल्किदिने गुरु
गुरुजनकै देन हुँ म हिँड्छु खुरुखुरु

कर्म गर्नु प्राणी हित रम्नु सबैसित
सँगसँगै खेल्नु कुद्नु बन्नु सधैं मित
ज्ञानगुन सिप जाँगर सिकाउने गुरु
उज्यालोमा खेलाउने जीवन सार गुरु

कमिला र मौरीहरू पशुपन्छी गुरु
अनुशासन बताउने विधि सबै गुरु
अँध्यारोलाई चिरिदिने सिर्जना हुन् गुरु
चेतनाकाे दैलाे खाेल्ने कर्मयाेग गुरु

गुरुशिष्य परम्परा आस्था बिउँझाउँछ
नजिक्याउँछ सिकाइले जीवन उजिल्याउँछ।