“ग्रीष्म ऋतु”

शोभा कोइराला

छन्दः इन्द्रवज्रा

आनन्द उल्लास उमङ्‌ग हर्छ
यो ग्रीष्मले ताण्डव नाच गर्छ ।

आनन्द उल्लास उमङ्‌ग हर्छ
यो ग्रीष्मले ताण्डव नाच गर्छ ।

तातो भएरै सब वाफ बन्छ
यो ग्रीष्मले झन् सब ताप छर्छ ।

आनन्द मिल्दैन विलास हुन्न
आलस्यले देह अरठ्ठ पर्छ ।

आनन्द सानन्द हुँदैन खासै
हावाहुरी धेर अगाडि सर्छ ।

ठन्डा पिलाए कति धन्य मिल्छ
चौपट्ट त्याे स्वेद सदैव झर्छ ।

ग्रीष्मर्तुको नाम त उच्च लाग्छ
साँच्चै भनेमा सब सोख मर्छ ।

टारेर टर्दैन कदापि ग्रीष्म
लाग्दा नलाग्दै पछि फेरि टर्छ ।