पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६,दाेलखा
भन भन बाबू नानी, आज कता जाने
नभन ल भाेक लाग्याे, आफैँ बाेकी लाने
सातु राेटी मकै आलु, खाजा के के खाने
पछि लाग दादा दिदी, अघि लाग साने
माथितिर गयाैभने, जङ्गलमा पुग्छाै
वल्लाे रूख पल्लाे झाडी, लुकामारी लुक्छाै
तलतिर गयाैभने, बजार रमझम
दायाँगए पुग्छाै मेला, नाच छमछम
वायाँ गए खेतबारी, कृषकदाइ भेट्छाै,
आलु मुला काेभी काँक्रा, हरियाली देख्छाै
कपी कलम साथै बाेक, जे जे देख्याे लेख्छाै
उकाली र वरालीमा, तिमी पाईला टेक्छाै ।