“चाडपर्व”

ध्रुवप्रसाद ढकाल

हाम्रो मन रमाउने चाडपर्वले ।
म त हजुर नेपाली भन्छौँ गर्वले ।

चाडपर्व नआउने त दिन हुँदैन ।
औकातले मनाऔँ पीर लिन हुँदैन ।

दशैं तिहार तीजमा सबै रमाउँछन्।
चाडपर्व मान्न भनि पैसा कमाउँछन्।

मिठा मिठा परिकार खान पाइन्छ ।
नातागोता मामाघर जान पाइन्छ।

खिर,लट्टे,फुर्यौला महिना फेरेर ।
कोही नाच्छन् झुमेर ऐना हेरेर ।

देउसी,भैलो,मारुनी जात्रा फरकै ।
मासु मिठो रोटी मिठो घर घरकै ।

चाडपर्व संस्कार नहोस् विकृति ।
संसारभरि फैलाऔं हाम्रो संस्कृति ।