सरिता पराजुली
चन्द्रागिरि -१५ काठमाडाैं
स्कुल जाने बेला भयाे
निला भए ओंठ
कक्क्रकिए हात खुट्टा
लड्दा लाग्याे चाेट।
चिसा चिसा कक्षा काेठा
घाम देखिदैन
लेख्न लाग्याे हातै काँप्छ
लेख्नै सकिँदैन।
टिफिनकाे चिसाे खाजा
सकिँदैन खान
बरू मज्जा लाग्छ खेल्न
मैदानमा जान।
आँखा ,नाक रसाएर
बग्न थाल्छन् धारा
कसाेगरी अघि बढ्लान्
भविष्यका तारा।