बालकृष्ण गजुरेल
हेलम्बु-६, सिन्धुपाल्चोक
“प्रेम कि आकर्षण छोरी ?” बिनिताको आमाले सोध्नु भयो।
बिदेशी प्रेम दिवसको संस्कृतिले यूवालाई नराम्ररी लठ्याउँथ्यो। आखिर ! प्रेमको भाषा सबैलाई मन पर्थ्यो । नेपालमा गुरु पुर्णिमा, बा को मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन जस्ता अद्भुत चाड मान्दै नआएको पनि होइन । फागु पुर्णिमा प्रेमिल जोडीको लागि प्रेम दिवस नै थियो । आपसमा जोश भरेर रंगिन बनाउँथ्यो । विनिता सोच्थिन्, “मेरो लागि उ बाँच्नु पर्छ । जीउनु पर्छ।”
बिनिता आकर्षणमा थिइन् । आकर्षण एक प्रकारको हिप्नोटाइज्ड प्रक्रिया थियो । प्रेमीलाई राजा बनाउँदा आफू रानी बनिन्थ्यो । उनले प्रक्रिया चटक्क भुलिन् । दास झैँ व्यवहार गर्न थाले पछि उनको सम्बन्धमा दरार आयो । बिनय विनिताको मित्रताको डोरी जाल चुँडी अलि परपर हुँदै गयो । जहाँ आत्म सम्मान हुँदैनथ्यो त्यहाँ विद्वान बस्दैनथे । विनिताको आमाले विगत सम्झेर झस्कनु भयो ।
“राधा कृष्णको प्रेम थाहा छ छोरी ?” प्रेम दिवसको दिन विनिताको आमाले छोरीलाई सम्झाउँदै सोध्नुभयो ।
“थाहा छ किन थाहा नहुनु ? सात जुनी सम्म सँगसँगै सह यात्रा ।” विनिताले फ्याट्ट फड्कारिन् ।
“श्री कृष्ण र राधा अरुकै श्रीमान तथा श्रीमती भए पनि आपसमा श्रध्दा नै श्रध्दा थियो रे !”