ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
परको त्यो चौतारीमा
खेल्न जाऊ साथी
सिरसिर हावा चल्छ
बस्न कति जाती।
साना ठूला सबैलाई
चौतारीको माया
चौतारीमा गई खेलौँ
शीतलु छ छाया।
पुतली नि आउँछन् साथी!
माहुरी नि आउछन्
चिरचिर गर्दै चरीले
मीठो गीत आउछन्।
चौतारीलाई मास्नु हुन्न
बनाउनु पो पर्छ
पशुपन्छी मान्छे जाति
सबको हित गर्छ।
श्रोतः नेपाली बालसाहित्य