छन्द दिवसको शुभकामना
शोभा कोइराला
छन्द:- स्रग्विणी
माइती मण्डला धाउँछन् शिक्षक
आसमा वेदना पोख्दछन् दीक्षक
चेतना छर्दछ्न् छन्दमा नैतिक
शान्त सौहार्दले छाउँछ्न् दैनिक।
भद्र शालीनता सौम्यताले भरि
रोशनी छर्दछन् मैनबत्तीसरि
सिर्जना गर्दछन् दिव्यता साथमा
तर्क जे गर्दछन् छन्दका तालमा।
शीर्ष नेतृत्वदायी महान् हे! भनी
गर्दछन् वन्दना शालिनीझैँ बनी
नाट्य देखाउँछन् जादुका साथमा
नाच्दछन् गाउँछन् छन्दका तालमा।
ऐनका निम्तिमा घाम पानी सही
सभ्यता भव्यता शिष्टतामा रही
गोलमा बद्ध भै एकता साथमा
छन्दका तालमा मन्द मुस्कानमा।
शान्तिका साथमा दीप फैलाउँदै
घाम पानी सही नाद गुञ्जाउँदै
आपसी भावका साथ अन्जानमा
आस उत्कर्ष छन् छन्दका तालमा।