रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
छहरमा एकैछिन घाेरिएर हेरेँ
छहराका कुरा केही मनभित्र केरेँ।
छाँगा अनि छहराले मन खिची हाल्याे
त्यसाे हुँदा याैटा फाेटाे खिच्ने मन लाग्याे।
छहराले पहरामा आई नाता गाँस्दा
नाँच्छ मन पाखा अनि पहरामा बस्दा ।
हेरिरहूँ जस्तो लाग्छ खहरेकाे भेल
रमाइलो लाग्छ मिठाे धरतीकाे खेल ।
सुसाउँदै हिडेका छन् वनपाखा खाेला
हतारमा देख्छु सधैँ कहाँ पुग्ने हाेला ?
पहाडकाे बाटाे गरी तराईमा डुल्छाै
चट्टानमा चुटिए नि पीर बेथा भुल्छाै ।
हराभरा पारिदिन्छाै डुली हिड्छाै जहाँ
अनाजले परिपूर्ण पारिदिन्छाै तहाँ ।
मन चाेर्याे छहराले हेरी मात्र रहेँ
अक्षरमा पहराकाे गाीत काेर्दाे भएँ ।
मेटिएन तिर्खा केही जति हेरे पनि
ठाने आफैँ भाग्यमानी प्रकृतिमा धनी ।