अन्जु शर्मा
रातोुपुल
” बाबु! अब त आउ । यतिका बर्ष भइसक्यो ,मेरो बुढेसकालले मलाई आफैंसँग विश्वास कम हुन सिकाइरहेछ। मेरा गोडा थरथर काप्न थालिसके। अझै कति पर्खु तिमीलाई ? “वृद्ध आमाले पिढीमा बसेर गोधुली नियाल्दै पछेउराले आँसु पुछ्नु भयो ।
मैले संझाउने प्रयास गर्दै ” आमा! दाजु त अघि नै आइसक्नुभयो नि! आज पनि अलिकति बढी पिउनु भएछ , त्यसैले खाना नखाई सुत्न जानुभयो “।
” नानी ! कसरी यो मन बुझाउ ? मैले यो धमिलो कोखबाट जन्मेको हिंस्रक छोरा खोजेको हैन। देशको छोरा पो खोजेको त ,जो अहिंसा र शान्ति प्रिय जो गौतम बुद्ध जस्तै होस।”