कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६, सिन्धुपाल्चोक
एउटा घरमा दुई श्रीमान श्रीमती आपसमा झगडा गर्दै थिए।हिमालको श्रीङ्गखला चारैतिर देखिने गाउँले परिबेस थियो।खेती योग्य जग्गा जमिन पनि प्रसस्त थियो यो परिवारसंग ।एउटा छोरो त नभै नहुने श्रीमानको मनमा पर्यो । उनको परिवारमा दुई छोरीको जन्म पहिल्यै भैसकेको थियो । एकदिन श्रीमानले भने, ” त छोरी छोरी पाउने भएपछी म अर्को बिवाहा गर्न बिवस छु। ” श्रीमतीले भनिन, ” यो मैले चाहेर पाएको हैन त ? ” ” यसपटकको गर्भ त सुटुक्क डाक्टरी जाँच गरेर मात्र पाउनुपर्छ। छोरी नै भए क्यूरेट गरि फाल्नु नै बेस। ”
श्रीमतीले पनि सहमती जनाइन।
पेटमा हुर्की रहेकी बच्चीले भनिन, ” भाइ तिमीलाई धेरै धेरै धन्यवाद ! तिम्रो कारणले मैले पनि संसार देख्न पाउने भए। ” पेटमा यसपटक छोरा र छोरी दुई बच्चा हुर्कीरहेका थिए।