“जन्मभूमि नेपाल”


स्वस्तिक ढकाल

हाम्रो देश नेपाल
प्रकृतिमा छ विशाल
जन्मभूमि प्यारो नेपाल
मनमा ठूलो हाम्रो नेपाल।

जलस्रोतको धनी जडीबुटीको खानी
अगाडि छ कला साहित्यमा पनि
सर्वोच्च शिखर सगरमाथा
संसार गाउछ नेपालको गाथा।

सुन्दरताले भरिपूर्ण हिमाल पहाड तराई
विविधतामा एक भई बस्छौं हामी रमाई
संस्कृतिले भरिपूर्ण नेपाल राष्ट्रभूमि
संसारमै अमूल्य छ मेरो प्यारो जन्मभूमि।