दुर्गा तिवारी राजन
आशा भराेसा गर्नु स्वभाविक हुन्छ ,आफ्ना सन्तती प्रति बुढा पाका भए पछि । आफ्ना छाेरा छाेरी ज्ञान गुणले भरीपुर्ण बनुन भन्ने चाहना बाबू आमाले धेरै मनमा पालेका हुन्छन। आफना छाेरा तीन भाइकाे उच्च शिक्षामा बाबुले परीक्षा लिने
सोचले ,तीनै जना छाेरालाई एउटा खाली तर अँधेराे काेठामा लगी हातमा २००-२००सय राखिदिँदै ,बाबुले भन्नुभयो ! छाेरा हाे याे खाली काेठा तिमीहरुलाई दिएकाे दुई -दुई सय रुपैयाँ बाट भरेर मलाई देखाई दिनु?
बाबुको आज्ञाले तीनै भाइ काेठा भर्न जाेड ताेड्ले काममा खटिए। जेठाेबाट सामानले भर्न नसक्ने भएपछि घाँसले भर्ने काेशिस गर्याे तर सफल भएन । दाेस्राेले कबास ल्याई काेठा भर्न खाेज्याे भरिएन।
तेस्रो वा कान्छोले ,तड्पिँदै सोच्याे यति ठूलो काेठा त्यो पनि सामानहरुले भर्न नसकिने भएपछि ,बजार बाट १० रुपैयाँको मैन बत्ती किनेर उक्त काेठामा बाली दिँदै आफ्ना बाबालाई बाेलाएर भन्याे! बाबा ल मैले काेठा पूर्णरुपले भरिदिएँ।