तुलसी पण्डित
होइन के हो तपाईँको यस्तो चाला ? यो सानो बाबुलाई पनि काम अराउनु भएको । यो समय उसको पढने बेला हो ।
“बुढी तिमी हेर्दै जाउँ । म जे गर्छु सबै ठिक गर्छु । ” “भो पर्दैन उसलाई काम लगाउन । बरु मलाई भन्नु म गर्छु उसलाई अह्राउने काम ।”
“बाबु जाउँ बाख्रालाई घाँस काटेर ल्याउ । ल यो कोदालोले खेत खन । हेर बाबु तिमीले बाबालाई पनि सहयोग गर्ने गर । सहयोग गर्यौ भने म तिमीलाई धेरै माया गर्छु । अनि बाबालाई सघाएर पढ्न बस । मैले भनेको मान्यौ भने म तिमीलाई स्कुलमा खाजा खाने पैसा दिन्छु ।”
“बाबु एकछिन् यता आउ त । तरकारीहरु रोपौँ ।” “के रोप्ने बाबा ?” “यो काउली बन्दा रोप्ने ।”
आमाले भन्नु भयो । “बाबु तिमीले बाबाले भनेका कुरा न मान है । अब पढ्नु पर्छ ?” ” नाइ आमा मैले सबै काम जान्नु पर्छ । बाबाले भनेको काम गरे पनि मलाई पढाइमा केही फरक परेको छैन । म कक्षाको पहिलो विद्यार्थी हो ।”
बाबाले छोरालाई बोलाउनु भयो । “बाबु तिमीले धेरै पढ्यौ । सबै साथीहरु विदेश गएका छन् । तिमी पनि जान्छौ कि ?
” नाइ बाबा म जान्न विदेश । देख्नु हुन्न कतिका बाबुआमा छोराछोरी विदेश गएर टुहुरा भएका । म त यही बसेर तपाईँहरुको सेवा गर्ने हो । ”
“अनि यहाँ बसेर के गर्छौ त ?”
“मलाई तपाईँले सानै देखि खेतको काम सिकाउनु भएको छ । तरकारी खेती गर्छु । अनि कलेज पढ्ने विद्यार्थीहरुलाई कोचिङ पढाउछु “अचम्म भो बुढा । सबैका छोराछोरी विदेश गएका छन् । हाम्रो यही बसेर काम गर्ने रे । छोरालाई के मोहनी लगायौ यस्तो ?”” ल थाहा पाइनौँ । ऊ विदेश न जाओस् भनेर मैले सानै देखि उसलाई ब्यावहारिक ज्ञान दिएको ।”