“झोला”

केशवराज अधिकारी

हामी नानी साना साना
पक्कै पढ्नु पर्छ होला!
बोक्न साह्रै गाह्रो भा छ
आँफु भन्दा ठुलो झोला!
जती बुक उत्ती कापी
अझै खाजा थप्ने होला!
पढ्न भन्दा बोक्नै गाह्रो
आँफु भन्दा ठुलो झोला!
कि त बाबा कि त आमा
संगै जानु पर्छ होला!
भो भो मत बोक्दिन भो
आँफु भन्दा ठुलो झोला!
धेरै किताव पढे मात्रै
बिद्वान हुने हैन होला!
उचालेर बिचार गर
कती किलो रैछ झोला?
कर गर लेख्न पढ्न
जे जे भन्छौ मान्छु होला!
तर सधैँ नबोकाऊ
आँफु भन्दा ठुलो झोला!