रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
लामाे पर्याे खडेरी याे सुख्खा भयाे अति
कल्कल् बग्ने खाेलानाला मूल सुके कति।
रूख बुटा ढाल्याे कतै छाना फाल्याे कतै
हावा हुरी हुण्डरीले ज्यानै लियाे कतै!
बाटाघाटा धुलैधुला हिड्नै सकिँदैन
ऐना हेर्दा आफैलाई चिन्न सकिँदैन।
मकै छर्ने बेला भयाे बाँझाे रह्याे बारी
>धुजा धुजा फाटिसके खेत अनि टारी।
वनपाखा जता हेर्याे आगाे लागेकाे छ
दङ्ग पर्छु मानवता कता भागेकाे छ?
जलिसके घर कति कति जन मरे
परिवार कति कति बिचल्लीमा परे।
भकारीकाे खाने अन्न डढेलाेले खायाे
भकाराेकाे लैनाे भैंसी किलामा नै मर्याे।
एकसरो लुगा छैन छैन थातबास
तर पनि फेरेकै छन् एक मुठी सास।
राहतकाे नाम पारी ठूलाबडा धाउँछन्
फाेटा खिची दानवीर गीत आफ्नै गाउँछन्।
हराएछ मानवता मान्छे भयाे लाछी
छैन काेही भने पनि दैव हाेला साक्षी।