तुईन


शान्ता भण्डारी थपलिया
काठमाडौं

बाबा !! आज मेरो स्कूल बिदा छ , मलाई कतै घुमाउन लैजानुहोस् न !! मलाई धेरै पर पर सम्म हेर्ने मन छ । विनयले न्याउरो मुख लगाउँदै भन्यो । ठीक छ बाबु आज म समय मिलाएर तिमीलाई भ्यू टावर लिएर जान्छु। त्यहाँबाट धेरै पर पर सम्म देख्न सकिन्छ । विनय दंग पर्यो र उफ्रन थाल्यो।
सरिताले पनि फटाफट खाना बनाउने अर्डर गरिन् कान्छालाई !! तिनै जना मध्यान्हको समय पारेर घुम्न निस्किए र भ्यू टावर उक्लिए । विनय खुशीले पर पर सम्म हेर्दै थियो। अचानक सोध्यो बाबा !! हेर्नुस् न त्यो पर नदीको माथि मान्छेहरू देखिन्छन् नि तिनीहरू त पिङ्ममा जस्तै हल्लिरहेका छन् त !! त्यो के हो बाबा ?? जिज्ञासा पोख्यो विनयले , रमेशले पनि ठम्याउँदै हेरेर भने, बाबु त्यो त तुईन हो नि! त्यो किन प्रयोग गरिन्छ बाबा ?? उसले अझ धेरै जिज्ञासा देखायो । पुल नभएको ठाउँमा नदी पार गर्न प्रयोग गरिन्छ बाबु !!