बालकृष्ण गजुरेल
बिराजमान गाउँका गन्य मान्य ब्यक्ति थिए । उनका प्रशंसक यत्रतत्र थिए । उनी प्रशंसाको भोका थिए । समालोचना उत्तम विधि थियो । उनी आलोचना सुन्न चाहन्न थे । केही उदण्ड ब्यक्तिहरुले उनको निकै प्रशंसा गरे । उनी वकिल लिएर जेलबाट निकाल्न पुगे । समय बित्दै गयो । जे जान्यो उही गर्छ मान्छे । अपराध गर्ने ब्याकग्राउन्ड भएकाहरु अपराध गर्दै गए ।
विराजमान बाठा थिए । ठाउँ अनुसार प्रयोग गर्थे । उनलाई एक्कासी ज्वरो आयो । समय दिएको तथा उनले कुरा नसुनिदिएको भनेर उदण्ड एउटा युवकले बिराजमानको हत्या गर्यो । तेह्र दिनको पुण्य तिथिमा एक कवि बोले, ” ठ्याक्कै एउटै भएछ । क्रान्ति भनेर अपराध गर्नेहरुले नैतिक शिक्षा हटाए । संस्कृत शिक्षा बन्द गरे । फलस्वरूप डाक्टर कुटिए । प्रोफेसर कुटिए । दण्डहीनता यथावत रहेमा तिनले कुनै दिन आफ्नै नेताको हत्या गरे कुनै अचम्म हुने वाला छैन ।”