“दशा”

राेशन पराजुली
बरगाछी,धरान

धन्न धान्न सक्ने भए । नत्र यसपालि पनि गार्हाे हुने थियाे।
के भन्छ याे ?
केही हैन बा?
दशैकाे कुरा नि!
के भयाे र यस्ताे कुरा ?
के हुनु नि शहरकाे बसाइ। समयमा तनखा नपाइने,पाए पनि खर्च पुर्याउनै गार्हाे !
अन्त,”हजुरले कसरी सक्नु भयाे नि बा” खर्च पुर्याउन दशैँमा?
सकियाे नि बाबू । तिमेरु सात जना सन्तान थियौ। अहिले त मात्र मसंग छस्। अरु सब‌ै दर्गदिशा लागे,”आफैँ मात्र बाँच्न”!
छाडिदे जसाे हाेला त्यसै सहुँला फेरि चाड मानै पर्याे।
तेरा केटाकेटीहरु पनि रहर गर्छन । राता अक्षेता निधारमा टाँसेर जमरा कानमा सिउरिन्।
बा अब याे पर्व पनि नमनाउँ जस्ताे लाग्न थाल्याे जतै अभाव मात्र।
हुन्न बाबू,”संस्कार बाँचे मात्र सभ्यता बचाउन सकिन्छ नत्र त खै”!
हैन बा,”याे दशा अरुलाई नि लाग्छ कि हामीलाई मात्र हाे”?