शिव पुन
दशैँ कि कालीमाता , सब की देवीका
तिनै हुन् पार्वती , शिव की सेवीका।
ज्ञान दिने सरस्वती , ब्रह्मा उनका पति
विष्णु प्रिया लक्ष्मी त, शिव की पार्वती ।
दशैँमा दुर्गा पूजा, लगाउँ टीकाराता
लक्ष्मी तिहार देउसी भैलाे , चाहिदैन छाता।
तिमीलाई , हुने छैन धाेका
फूल मात्र चढाउ तिमी, चाहिँदैन बाेका।
घाँटी हेरि भात निल्नु , खाट हेरि सुत्नु
आफ्नाे जस्तो घर भएनी , त्यसैलाई पाेत्नु।
भन्न हुन्न नयाँ लुगा , जसरीनी चाहिन्छ
भन्न हुन्न जसरीनी , मासु भात खाइन्छ।
श्रम अर्थ गर्याे भने , अर्को साल पाइन्छ
केही रकम जम्मा गर , अर्को साल खाइन्छ।
के कस्ताे हुने हाेला , अहिलेकाे दशैँमा
काेहि आए रेलगाडी , काेहि बसैमा
काेहि भन्छ ठुलाे बाेका, आउँने दशैँलाई
काेहिघर आँशु हाेला ,खुशी छैन कसैलाई
हाँसाे खुशी हुने दशैँ, रुन्चे दशैँ हाेला
के थाहा अर्को साल , के के हाेला हाेला।