“दिल”

तुलसी पण्डित

हेड सर यता सुन्नु न । नथुने नाम भएको बच्चालाई हामीले तह लगाउन सकेनौँ । यसलाई यो स्कूलबाट हटाइ दिन पर्यो । यसको कारण अरु विद्यार्थीको पढाइमा बाधा पुगिरहेछ ।
हेडसरले नम्र भएर भन्नु भयो । “यसलाई यहाँबाट हटाउने हैन मेडम। समस्या केहो बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्छ ? ल त्यसको समस्या केहो तुरुन्त पत्ता लगाउनु त ?”

केही समयपछि । “सर हामीले समस्या पत्ता लगाउन सकेनौ ?” ” एउटा विद्यार्थीको समस्या पत्ता नलगाउनेले कसरी पढाउनु हुन्छ यति धेरै विद्यार्थीलाई । ”
“सर ऊ त बोले पो ।”
“ल उसलाई पठाइदिनु यहाँ ।”
“बाबु तिमी आइपुग्यौ ?”
“खै बोलेकी ?”
ल यता हेर यो पोष्टरमा । यी तिमी जस्तै बच्चा यहाँ कति राम्रोसँग पढेको छ । ल हेर उसले सबैलाई सम्मान गरेको छ ।ल यता हेर ऊ स्कूलमा न चली ध्यान दिएर गुरुहरुले पढाएको कुरा सुनेको छ । यो फोटो हेर , ऊ घरमा होमवर्क गरिरहेछ । ल यता हेर ऊ पढाइमा सिपालु भएकोले सबैले उसलाई माया गरेका छन् । अब तल हेर । ऊ राम्रो सँग पढेकोले लोकसेवा पास गरेर अपिसरमा नाम निकाल्यो । अब यता हेर । ऊ अहिले कार चलाएर हिड्छ ।
“अब अर्को पोष्टर हेर । ल अब तिमीले यो आफै हेरेर यसको भाव मलाई भन ।”
“सर यसले नपढेर दुःख पाएछ है । यो त खराव केटो पो रहेछ ।”
श्यावास बाबु तिमीले बल्ल कुरा बुझ्यौ ? “अब भन तिमी कस्तो ब्यक्ति हुन चाहन्छौ ?”
” सर मलाई असल मान्छे बन्न मन छ ।तर ……. ।”
के तर भनन ?
” बाबाले सधैँ रक्सी खाएर आमालाई कुट्नु हुन्छ । आमा रोए पछि मेरो दिलले पढ्नै मान्दैन ।”