सुरेशकुमार पाण्डे
दाङ घोराही १८
बाबु तिमीले बिहान बिहानै उठेर के लेखिरहेका हुन्छौ ?-आमाले आश्चार्य हुँदै सोधिन।’ आमा हाम्रो समाजमा दिनौँ केही नकेहीको उत्पत्ति हुन्छ। त्यसैको बारेमा सम्झनु र अध्यायन पनि गर्नुपर्छ ! -राहुलले आमातिर हेरेर मुस्कुराउँदै भन्यो।’ “ओहो! राहुल छोरा तिमीलाई पनि केके कुराको सम्झना आउँछ ? आज कसको जन्म भयो र ?-आमा मैतिदेवीले आफ्नो निदार खुम्चाउँदै भनिन्।’ खै के के भन्छ केके भन्छ ?
कहिले विस.दुईहजार छ सालको इतिहास छ भन्छ,कहिले २०६५ सालको कुरा गर्छ,बिहानै एउटा स्टाइस लेखेको थियो दुईहजार चौवन्न सम्म थोरै व्यक्तिले मात्रै लेखे त्यसपछि त्यही वर्ष पहिलो पल्ट राष्ट्रिय स्तरको प्रतियोगिता भयो र बल्ल रफ्तार छोप्यो। भनेर लेखेको थियो यो राहुलका एउटा कुरापनि बुझिन मैले! माष्टर रमाकान्तले गिज्याउँदै भन्छन्।’ किन त्यती धेरै उपहास गर्नुहुन्छ माइला बा ?-राहुल मुस्कुराउँदै भन्छ।’ होइन बाबु यो पारसी भाषा हामीले बुझ्दैनौँ बरू सिदा र सरल लयमा भनिदेउ। आज भाद्र पाँच गतेको दिन के जन्मियो ? रमाकान्तले राहुलतिर आशाको नजर घुमाउँदै भने।’ सुन्नुहोस् बुबा आमा आजैको दिन २०६५ सालमा लघुकथा समाजको गठन भएको थियो। त्यसैले समाजको आज स्थापना दिवसको बारेमा लघुकथा लेखिरहेको थिएँ !-राहुलले गम्भिर भएर लघुकथा समाजको स्थापना दिवसको राज खल्यो।’