प्रह्लाद दवाडी
सिक्किम
बाबा घरमा छैनन्
पक्कै बजार गए,
नयाँ नाना ल्याउँछन्
गोजीमा पैसा भए,
नयाँ नाना लाएर
परि दिन्छु चिटिक्क,
छेउमै नाँची दिएर
हाँसी दिन्छु हिसिक्क।
हि हि हि ………
आमा हेरी रहन्छिन्
पुतलीको नयाँ रङ्ग
बाबा पनि पर्छन्
मलाई हेर्दै दङ्ग।
भुइँ सोरी गरेर
ढोग गरि दिन्छु,
बाबा हुन्छन् झसङ्ग,
हाँस्छन् सबै मसँग।
हा हा हा ……….